कोहलीको बायोपिकमा अभिनय चाहन्छन् रामचरण

63

एजेन्सी, ६ चैत । दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार राम चरण हालै अमेरिकाबाट फर्किए । उनी अभिनित ब्लकबस्टर फिल्म ‘आरआरआर’को गीत ‘नाटू नाटू’ ले हालै सम्पन्न ‘ओस्कार अवार्ड’मा ‘बेस्ट ओरिजिनल सङ’ विधाबाट ओस्कार अवार्ड जितेको थियो ।

 यो जितपछि फिल्मको निर्माता तथा कलाकार खुसी छन् । यिनै रामचरणले क्रिकेटर विराट कोहलीको बायोपिकमा अभिनय गर्ने इच्छा व्यक्त गरेका छन् । एक अन्तरवार्तमा उनलाई कस्तो चरित्र निर्वाह गर्न चाहनुहुन्छ भनी सोधिएको प्रश्नमा उनले खेलसँग जोडिएको चरित्रमा काम गर्न चाहेको खुलाएका थिए ।

 उनलाई ‘यदि विराट कोहलीको बायोपिक बन्यो भने त्यसमा शीर्ष भूमिका निभाउनुहुन्छ ?’ भनी सोधिएको प्रश्नमा उनले आफूले चाहेको बताएका छन् । उनले विराटको बायोपिकमा काम गर्न पाउनु अहोभाग्य हुने उल्लेख गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...