राष्ट्रपति पौडेललाई चीनको बधाई

61

काठमाडौँ, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई चीनले बधाई दिएको छ ।

नेपालका लागि चिनियाँ राजदूत चेन संगले छिमेकी मुलुक चीन सरकारको तर्फबाट राष्ट्रपतिमा निर्वाचित भएका पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

उनले राष्ट्रपति पौडेल नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...