राष्ट्रपति पौडेल आज पशुपति र बिपी संग्रहालय जाने

54

काठमाडौँ, २६ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन् ।

आज बिहान ८ बजे सभामुख घिमिरे राष्ट्रपति पौडेललाई भेट्न उनको निजी निवास बोहराटार जाने स्रोतले जनाएको छ ।

यसपछि आज बिहान राष्ट्रपति पौडेल पशुपतिनाथ पुगेर दर्शन गर्ने कार्यक्रम पनि तय भएको छ ।

राष्ट्रपति पौडेल आजै सुन्दरीजल पनि जाने छन् । त्यहाँ पुगेर बिपी संग्रहालय अवलोकन गर्ने कार्यक्रम छ । पौडेल बिहीबार मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...