आशिफको पहिलो एकदिवसीय शतक

74

काठमाडौँ, २५ फागुन । आशिफ शेखले पहिलो एकदिवसीय शतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको खेलमा पपुवा न्युगिनीविरुद्ध उनले शतक प्रहार गरेका हुन् ।

उनले १०१ बलमा शतक पूरा गरेका हुन् । उनले खेलको ३५औँ ओभरमा एक रन लिँदै शतक पूरा गरेका छन् ।

आशिफ ११० बलमा ११० रन बनाउँदै आउट भएका छन् । उनले दुई छक्का र १२ चौका प्रहार गरे । उनले कुल ३२ खेलमा एक हजार रन पूरा गरेका छन् । यसअघि एक दिवसीय खेलमा उनको उच्च स्कोर ९० रन थियो । आजको खेलमा कुशल भुर्तेलले ५६ बलमा ४५ रन बनाउँदै आउट भए भने रोहित पौडेलले ३९ बलमा ३० रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले यो ४९.१ ओभरमा अलआउट हुँदै २९७ रन बनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...