नेपाली क्रिकेट टोलीको घोषणा

81

काठमाडौँ, २४ फागुन । नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि  १४ सदस्यीय क्रिकेट टोली घोषणा गरेको छ ।

बिहीबारदेखि घरेलु मैदान टियुमा हुने सो खेलका लागि मौसम ढकाल र सन्दीप जोरालाई वैकल्पिक खेलाडीको सूचिमा राखेको क्यानले युएईसँगको अन्तिम खेल गुमाएका कुशल भुर्तेल टोलीलाई भने टिममा फर्काएको छ । तर, अन्य खेलाडी कुनै परिवर्तन गरेको छैन ।

नेपालले बिहीबार टियु मैदानमा पपुवा न्युगिनीसँग खेल्दै छ  । मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग खेल्ने कार्यतालिका छ ।

 नेपाली टोली 
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जिसी ।

Share This:
सम्बन्धित खबर
Loading...