अब्दुल्लाह अल्मुताइरीलाई उत्कृष्ट प्रशिक्षक अवार्ड

61

काठमाडौँ, २३ फागुन । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरी वर्ष २०७८ को उत्कृष्ट प्रशिक्षकको अवार्ड पाएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार काठमाडौँमा आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा उनलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड हस्तान्तरण गरेको हो ।

वर्ष प्रशिक्षकको मनोनयनमा फुटबलका अब्दुल्लाह अलमुताइरी, क्रिकेटका डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट परेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...