आइसिसी विश्वकप लिग–२ : नेपाल र युएई भिड्दै

146

काठमाडौँ, २२ फागुन  । जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा आज युएइको सामना गर्दै छ ।

 दुबई इन्टरनेसनल स्टेडियममा नेपालले घरेलु टोली युएईसँग हुने खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजेबाट सुरु हुने छ ।

 नेपाल र युएईले एक अर्काविरुद्ध खेल्दा दुवैको लिग–२ मा समान ३२ औँ खेल हुनेछ । आजको खेलमा युएईविरुद्ध जित हात पारे नेपाल लिग–२ को पाँचौँ स्थानमा उक्लिने छ ।

 सिरिजको तेस्रो खेलमा आइतबार युएईले पपुवा न्युगिनीसँग पराजित भएपछि युएई ३१ खेलबाट ३१ अंकमै सीमित हुनु परेको थियो ।

 अंक तालिका अनुसार युएई पाँचौँ तथा नेपाल छैटौँ स्थानमा रहेका छन् । आजको खेलमा जित हात पारे नेपालको ३२ अंक हुनेछ र नेपाल पाँचौँ स्थानमा उक्लिने छ ।

Share This:
सम्बन्धित खबर
Loading...