काठमाडौँ, २० फागुन । नेकपा (एकीकृत समाजवादी)का नेता सरोजकुमार उपाध्यायको उपचारका क्रममा निधन भएको छ ।
आज दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराको छ तलामाथिबाट खसी उनी घाइते भएका थिए । रेष्टुराबाट खस्दा सुरुमा बिजुलीको तारमा परेको र त्यसपछि उनी भुँइमा खसेका थिए ।
उनलाई सुरुमा नयाँबानेश्वरस्थित निजामति कर्मचारी अस्पताल पुर्यइएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि उनलाई माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पुर्यइएको थियो ।
नेता उपाध्याय पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका कान्छो भाइ हुन् । उनी ६२ वर्षका थिए । उनका दुई छोरी अमेरिकामा छन् ।