मड्रिडलाई बार्सिलोनाले हरायो

68

काठमाडौँ, १९ फागुन । क्याटलान क्लब बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ । स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लिगमा बार्सिलोनाले मड्रिडमाथि १–० को जित दर्ता गरेको हो ।

पहिलो हाफमा एडर मिलिसाओको आत्मघाती गोल नै जितका लागि निर्णायक बन्यो । सान्टियागो बर्नबेउमा बिहीबार राति भएको खेलको २६औँ मिनेटमा मिलिसाओले आत्मघाती गोल गर्न पुगेका हुन् । त्यसमा अफसाइड रहेको भन्दै रेफ्रीले भिएआर चेक गर्दा  अफसाइड नदेखिएपछि रेफ्रीले गोललाई मान्यता दिएको थियो ।

 एक गोलले पछि परेको घरेलु टोली मड्रिडले त्यसपछि ६५ प्रतिशत बल पोजिसन राख्दै क्याटलान क्लब बार्सिलोनामाथि दबाब बढाए पनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।

यो जितसँगै बार्सिलोनाले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लेगमा यही नतिजा कायम राख्ने सके बार्सिलोना फाइनलमा पुग्ने छ ।

मड्रिडलाई फाइनलमा पुग्न जित निकाल्नुपर्ने छ । दोस्रो लेग आगामी अप्रिल ५ मा हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...