बालेनले भने– मेयरबाट मलाई राजीनामा दिन लगाउन खोज्दैछन्
काठमाडौँ, १३ फागुन । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले आफूलाई मेयर पदबाट राजीनामा गराउन खोजिएको बताएका छन् ।
मेयर साहले शनिबार सामाजिक सञ्जालमार्फत् आफूलाई राजीनामा गराउन खोजिएको बताएका हुन् । उनल यो देश कहिल्यै नबन्नेसमेत जनाएका छन् ।
“मेयरबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन् । यो देश कहिले पनि बन्दैन,” साहले भनेका छन् । तर, उनले कसले राजीनामा दिन लगाउन खोजेको हो त्यो भने केही खुलाएका छैनन् ।
अचानक देखा परेको मेयर साहको यो स्टाटसले तरंग उत्पन्न गर्ने भएको छ ।