केपी ओली कप : पुलिसलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा

290

काठमाडौँ, ११ फागुन । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपमा सातदोबाटो युथ क्लब विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै सातदोबाटो अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । सातदोबाटोका लागि दीपकराज सिंह ठकुरीले दुई गोल गरे भने पुलिसका लागि प्रविन थापाले सान्त्वना गोल गरे ।

सातदोबाटोले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र न्यूरोड टिम एनआरटीबीचको विजेतासँग खेल्ने छ । उक्त खेल शुक्रबार हुनेछ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको उक्त प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले पाँच लाख पुरस्कार पाउनेछन् ।

Share This:
सम्बन्धित खबर
Loading...