महानगरभित्रका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएका छौँ : उपप्रमुख डंगोल

63

काठमाडौँ, १० फागुन । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरभित्र सञ्चालनमा रहेका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको बताएकी छन् ।

मंगलबार ग्रील तथा स्टिल व्यवसायी संघ काठमाडौँको सातौँ वार्षिक साधारणसभामा बोल्दै उपमेयर डंगोलले यस्तो बताएकी हुन् । उनले महानगरले व्यवसायलाई प्रोत्साहन गर्नका लागि व्यवसायीहरूको आफ्नो व्यवसाय व्यवस्थित बनाउनु जरूरी रहेको बताइन् ।

उनले महानगरभित्र व्यापार व्यवसाय गर्ने धेरैले अनौपचारिक रूपमा गरिरहेको भन्दै औपचारिक दायरामा आउनका लागि व्यवसाय दर्ता गर्न आग्रह गरिन् । “व्यवसाय दर्ता गर भन्दा कर तिर भनेको बुझ्ने गरेको देखियो । करको दायरामा आउनु भनेको दायरा फराकिलो बनाएर घटाउन सजिलो हुन्छ,” उनले भनिन्, “व्यवसाय औपचारिक रूपमा दर्ता गर्नु आफ्नो व्यवसायको पहिचान दिनु हो ।”

उनले दर्ता नभएका व्यवसायीहरूको माग सम्बोधन गर्न महानगर अन्योलमा रहेको स्वीकार गरिन् । उपमेयर डंगोलले व्यवसाय दर्ताको रेकर्ड हेर्दा ५० वटा हुने तर काम गरिरहेको ५ हजारभन्दा बढी रहेको पाइएको पनि बताइन् ।

उनले व्यवसायलाई व्यवस्थित बनाउन महानगरले योजना बनाउँदा धेरै व्यवसाय दर्ता नहुँदा नीति तथा कार्यक्रम फेल हुने गरेको उल्लेख गरिन् ।

Share This:
सम्बन्धित खबर
Loading...