प्रतिनिधिसभा बैठक आज बस्दै

53

काठमाडौँ, १० फागुन । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले उक्त प्रतिवेदन पेस गर्न लागेका हुन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न विधेयक, २०७९ पनि संसद्‌मा पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...