स्कटल्यान्डले नामिबियालाई हरायो

32

काठमाडौँ, ८ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलामा स्कटल्यान्डले नामिबियालाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको आफ्नो चौथो खेलमा नामिबिया स्कटल्यान्डसँग ४३ रनले पराजित भएको हो ।

स्कटल्यान्डले दिएको २२२ रनको लक्ष्य पछ्याएको नामिबिया ३८.४ ओभरमा १७८ रनमै समेटियो । नामिबियाका लागि लो ह्यान्डर लरेन्सले सर्वाधिक ५२ रनको योगदान दिए भने कप्तान जेरार्ड इरस्मसले ४३ रन जोडे । त्यस्तै, जेन ग्रिनले २५ तथा सउन फोउच र रूबेन ट्रम्पलम्यानले समान १०–१० रन जोडे ।

स्कटल्यान्डका लागि मार्क वाटले ४, माइकल लिस्कले ३, बेन्डन म्याकमुलनले २ तथा क्रिस ग्रेभेसले एक विकेट लिए ।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २२१ रनको योगफल बनाएको थियो । स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्राइडले सर्वाधिक ४७ रनको योगदान दिए भने टमस म्याकिन्टोसले ३४ तथा कप्तान रिची बेरिङ्टनले ३२ रन बनाए ।

नामाबियाका लागि रूबेन ट्रम्पेलम्यान एक्लैले पाँच विकेट लिए भने ट्यागिंनी लुंगिमिनीले दुई विकेट लिए । त्यस्तै बेनार्ड स्कोल्ट्ज, बेन सिकोन्गो र पिक्की या फ्रान्सले समान एक–एक विकेट लिए ।

नामाबिया ३४ खेलमा ३७ अंकका साथ तेस्रो स्थानमा छ । लिग–२ को च्याम्पियन बनिसकेको स्कटल्यान्ड ३५ खेलबाट ५० अंकका साथ शीर्ष स्थानमा छ । यस श्रृंखलाको अन्तिम खेल भोलि नेपाल र स्कटल्यान्डबीच हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...