शेखर कोइराला भन्छन्– कांग्रेस सरकारमा जाँदैन

134

चितवन, २३ माघ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस सरकारमा सहभागी नहुने बताएका छन् ।

राष्ट्रपति पदमा कांग्रेसको उम्मेदवार हुने भए पनि कांग्रेस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पारेका हुन् । आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, “कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ ।”

राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गरिने पनि उनको भनाइ छ । राष्ट्रपति पद संविधानको रक्षाका लागि भएको भन्दै संविधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उनको भनाइ छ ।

फरक प्रसंगमा बोल्दै उनले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र पूर्ण नहुने बताए । लोकतन्त्र बिना विकास सम्भव नहुने भन्दै उनले प्रेस स्वतन्त्रता कांग्रेसका लागि महत्वपूर्ण भएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...