प्रधानमन्त्रीले बोलाए सबै दलका प्रमुख सचेतकको बैठक

94

काठमाडौँ, २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान गरेका छन् ।

सोमबार बिहान ९ बजेका लागि प्रधानमन्त्री प्रचण्डले सबै दलका सचेतकहरूलाई छलफलका लागि बोलाएको प्रधानमन्त्रीका सचिवालयले जानकारी दिएको छ ।

संसद्लाई कसरी प्रभावकारी बनाउने र सरकारले दिनुपर्ने बिजनेसलगायतका बारेमा दलको आधिकारिक राय लिनका प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन् ।

संसद्‌मा सांसदहरूको भूमिकामात्र नभइ राष्ट्रियसभा उपाध्यक्ष, राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिबारे पनि छलफल हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...