परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन परामर्श गरिनेछ : परराष्ट्रमन्त्री पौड्याल

53

काठमाडौँ, १९ माघ । परराष्ट्रमन्त्री डा.बिमला राई पौड्यालले परराष्ट्र नीति–२०७७ लाई समयसापेक्ष बनाउन आवश्यकताअनुसार विज्ञसँग परामर्श गरिने बताएकी छन् ।

उनले बुधबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा बदलिँदो केही परिस्थितिअनुसार पनि परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन आवश्यक रहेको उल्लेख गरिन् ।

उनले मन्त्रालयबाट जनतालाई प्रदान गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाउन आफूले सक्दो प्रयास गरिरहेको बताउँदै राहदानी बनाउने काममा देखिएको समस्या हल गरी सुधार गरिरहेको जानकारी समेत दिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...