गृह मन्त्रालय आफैँसँग राख्ने माओवादीको निर्णय

339

काठमाडौँ, १७ माघ । नेकपा (माओवादी केन्द्र)ले रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय आफैँसँग राख्ने निर्णय गरेको छ ।

माओवादी पदाधिकारीको मंगलबार बसेको बैठकले गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै राख्ने निर्णय गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले गृह मन्त्रालय पुनः पाउनुपर्ने माग गरिरहेका बेला माओवादीले उनलाई तत्काल गृह मन्त्रालय नदिने भएको हो ।

माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले सर्वोच्चको पूर्णपाठ नआउञ्जेल गृह मन्त्रालय आफैँले राख्न आएको सञ्चार माध्यमलाई जानकारी दिए ।

यसैगरी, सहमतिका आधारमा राष्ट्रपतिको उम्मेदवार तय गरिनुपर्ने पुरानो अडानलाई माओवादी बैठकले कायमै राख्ने निर्णय गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...