काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसले उपसभामुख पदमा शनिबार हुने निर्वाचनमा पार्टीकी उम्मेदवार मुक्ताकुमारी यादवलाई मत हाल्न ह्विप जारी गरेको छ ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले शुक्रबार सूचना निकालेर उपसभामुख पदमा यादवलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् ।
शुक्रबार उपसभामुख पदका लागि कांग्रेसबाट सांसद् यादवले उम्मेदवारी दिएकी छन् । कांग्रेसले शनिबार हुने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई आग्रहसमेत गरेको छ ।
उपसभामुखमा सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् इन्दिरा रानामगर र कांग्रेस सांसद यादवबीच प्रतिस्पर्धा हुने भएको छ ।
उपसभामुख चयन गर्न प्रतिनिधिसभाको बैठक शनिबार दिउँसो १ बजे बस्दै छ ।