माओवादी दलको नेतामा प्रचण्ड

33

काठमाडौँ, ७ पुस । नेकपा (माओवादी केन्द्र)  संसदीय दलको नेतामा अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् ।

माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले प्रचण्डलाई निर्विरोध चयन गरेको हो ।

माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि संसदीय दलको नेता चयन गरेको हो ।

बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...