दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

70

काठमाडौँ, १९ मंसिर । गण्डकी प्रदेशसभाका लागि मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा (एकीकृत समाजवादी)का प्रवेश गरेका छन् ।

सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले आज आफ्नै निवास कोटेश्वरमा प्रदेशसभा सदस्य गुरुङलाई पार्टी प्रवेश गराएका हुन् ।

उनले आफ्नो पवित्र उद्देश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार नेकपा (एकीकृत समाजवादी)सँग मिल्ने भएकाले सो पार्टी प्रवेश गरेको बताए । उनले राजनीति कमाउनको लागि होइन सेवा भावले निस्वार्थ रुपमा जनताप्रति समर्पित भएर गरिनेकार्य भएको उल्लेख गर्दै भने, “यसलाई विकृत हुनबाट जोगाउनु आजको आवश्यकता र हाम्रो दायित्व हो ।”

प्रदेशसभा सदस्य गुरुङले परिवर्तित परिस्थितिमा एक्लै रहनुभन्दा राजनीतिक पार्टीको संगठनमा आबद्ध भई त्यसका नीति, विचार र सिद्धान्तबाट निर्देशित हुँदै त्यसको बलमा गरिने पहलकदमी तथा जनसेवा थप प्रभावकारी हुने निष्कर्षमा आफू पुगेको उल्लेख गरे ।

Share This:
सम्बन्धित खबर
Loading...