काठमाडौँ, १७ मंसिर । जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले संसद्को पहिलो बैठकमै एमसीसीविरूद्ध आवाज उठाउने बताएका छन् ।
निर्वाचित भएपछि शनिबार काठमाडौँ आएका शाहीले विमानस्थलमा सञ्चारकर्मी र समर्थकमाझ सम्बोधन गर्दै पहिलो बैठकमै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) र वाइडबडी खरिदजस्ता ठुला भ्रष्टाचार काण्डको विषयमा आवाज उठाउने बताए ।
आफ्नो ५ वर्षे कार्यकालमा कानुन बनाएर ठुला भ्रष्टाचार काण्डका दोषीलाई जेल हाल्ने पनि बताए ।