भक्तपुर २ मा कांग्रेसको अग्रता कायमै, महेश बस्नेत ६५६ मतले पछाडि

237

काठमाडौँ, ६ मंसिर । प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारबीच प्रतिस्पर्धा जारी छ ।

मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा आज साँझ ७ः३० बजेसम्मको मतगणनाको परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई ६५६ मतले पछाडि पार्दै अग्रता कायम राखेका छन् ।

भक्तपुर जिल्लामा दुई निर्वाचन क्षेत्रमध्ये सबैको चासो रहेको भक्तपुर क्षेत्र नम्बर २ मा आज साँझ ७ः३० बजेसम्ममा ४३ हजार एक सय ३० मतगणना गर्दा कांग्रेसका उम्मेदवार थापाले १६ हजार ३८० मतले अग्रता कायम राखेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बस्नेतले १५ हजार ७३५ मतले पछ्याइरहेका छन् ।

नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरले तीन हजार ९०४, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले दुई हजार ७७५, राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन केसीले एक हजार ६२५ प्राप्त गरेको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...