काठमाडौँ, ५ मंसिर । ललितपुर–१ मा नेकपा (एमाले)का उम्मेदवार नवराज सिलवालले अग्रता बढाउँदै लगेका छन् ।
ताजा अवस्थामा उनले ४ हजार ६१२ मतसहित अग्रता बनाएका छन् । ९ हजार ७७१ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर जबराले ३ हजार ६१३ मतसहित दोस्रो स्थानमा छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दीप आचार्यले ३४५ मत ल्यउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरेले ७३८ मत पाएका छन् ।