नवलपरासी, ५ मंसिर । पश्चिम नवलपरासीको दुवै निर्वाचन क्षेत्रको मतपरिणाम आउन सुरु भएको छ । मतपरिणामअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता लिएका छन् ।
दुई हजार २०० मत गन्दा चौधरीले ८५३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले ६३२ मत प्राप्त गरेका छन् । चौधरी त्रिपाठीभन्दा २८१ मतले अगाडि छन् ।
यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा राप्रपाका उम्मेदवार ध्रुवबहादुर प्रधान अगाडि छन् । नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेल दोस्रो स्थानमा छन् । दुई हजार ७५० मत गन्दा राप्रपाका प्रधान एक हजार ३८९ मत र कँडेलले ५२७ मत प्राप्त गरेका छन् ।