मुस्ताङको तीनै सिटमा कांग्रेसद्वारा क्लिन स्वीप

114

मुस्ताङ, ५ मंसिर । मुस्ताङका तीन वटै सिट नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् । प्रतिनिधिसभा सदस्यमा २९ वर्षका योगेश गौचन विजयी भए ।  उनले एमालेका प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् । योगेशले ३ हजार ९९२ मत पाउँदा प्रतिस्पर्धी प्रेमले ३ हजार ७८ मत मात्रै पाए ।

प्रदेशसभा (क) मा कांग्रेसका नम्डु गुरुङले एमालेका इन्द्रधारा विष्टलाई हराए । ३२ वर्षका नम्डु गत स्थानीय निर्वाचनमा लोमान्थाङ ४ को वडाध्यक्षमा पराजित भएका थिए । नम्डुले १ हजार ४८ मत पाए भने निकटतम् प्रतिस्पर्धी विष्टले ७९३ मत पाए ।

प्रदेश (ख) मा पनि कांग्रेसका विकल शेरचन निर्वाचित भएका छन् । एमालेका चन्द्रमोहन गौचनलाई पराजित गर्दै शेरचन प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

गौचनलाई १५८ मत अन्तरले हराएर शेरचन विजयी भए । शेरचनले २ हजार ७२३ मत ल्याए भने गौचनले २ हजार ५६५ मत पाए । यहाँ ५५ मत बदर भएको छ ।

मुस्ताङमा एमालेका तीनै उम्मेदवार निवर्तमान सांसद हुन् भने कांग्रेसका तीनै उम्मेदवारले डेब्यु गरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...