एक करोडसहित तीन हुण्डी कारोबारी पक्राउ

282

काठमाडौं । प्रहरीले रु एक करोड रकमसहित तीन हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२३ ओमबहालस्थित गोल्डेन लिफ होटलबाट उनीहरुलाई पक्राउ गरी थप कारबाहीका लागि मंगलबार राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले जनाएको छ ।

पक्राउ पर्नेमा झापा दमक घर भई काठमाडौंको ताहाचल बस्ने ३१ वर्षका विकास मित्तल, सोही ठाउँका कमल मित्तल र पर्वत कुश्मा घर भई काठमाडौं बस्ने ३२ वर्षका गणेश पौडेल रहेका छन् ।

अवैध हुण्डी कारोबारीको गिरोह होटलमा गोप्यरुपमा बसेको सूचनाको आधारमा खोजी गर्दै जाँदा उनीहरु पक्राउ परेका हुन् । उनीहरुको साथबाट रु ९९ लाख चौरासी हजारी र ९ सय अमेरिकी डलर बरामद गरिएको व्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । सोमबार साँझ पक्राउ परेका उनीहरुलाई थप कारबाहीका लागि आज राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...