काठमाडौँ– ५ का जनता भन्छन्– ईश्वर पोखरेलका कारण हरेक टोल उज्यालो भएको छ

21

काठमाडौँ, १९ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त छन् ।

काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि घरदैलोमा व्यस्त छन् । यसअघि पनि काठमाडौँ क्षेत्र ५ कै प्रतिनिधि रहेका पोखरेल फेरि पनि प्रतिनिधि बनेर आउनुपर्ने अधिकांशको इच्छा छ ।

पोखरेलका प्रमुख प्रतिद्वन्द्वी बनेर आएका गठबन्धनका उम्मेदवार स्थानीय होइनन् । उनलाई स्थानीय जनताले चिन्दा पनि चिन्दैनन् । सोहीकारण पनि काठमाडौँ क्षेत्र नम्बर ५ मै थातथलो भएका पोखरेलको विकल्प मतदाताले देखेका छैनन् । यस क्षेत्रका जनता परिवेश चिनेको नेता आवश्यक ठान्छन्, जसका लागि पोखरेल नै उपयुक्त छन् ।

यसअघि पोखरेलले जितेपछि आफ्नो स्थानमा धेरै नै परिवर्तन आएको टोखा नगरपालिका वडा नम्बर ३ का एक स्थानीय बताउँछन् । ‘उहाँ जितेर आएपछि हाम्रो टोल नै उज्यालो भएको छ । अब पनि उहाँ नै हाम्रो प्रतिनिधि भएर आउनुपर्छ,’ उनले भने ।

पोखरेलको कामबाट आफूहरु सन्तुष्ट रहेको यस क्षेत्रका स्थानीयहरु बताउँछन् । बाटो, विद्यालय, अस्पतालको निर्माण तथा स्तरोन्नति जस्ता अधिकांश कार्य पोखरेलको यसअघिको कार्यकालमा यस क्षेत्रमा भएको छ ।

‘उहाँले जितेर आएपछि सडक पनि धेरै राम्रो र सहज भएको छ । विशेषगरी पहिला यो क्षेत्रका भित्री सडकहरुमा साँझ परेपछि महिलाहरुलाई एक्लै हिँड्न डर लाग्नेस्थिति थियो । तर, अहिले उहाँको कार्यकालमा सडकमा बत्ती, सीसी क्यामेरा राखिएको छ । जसले गर्दा निर्धक्क भएर रातको १२ बजेपनि हिँडन सक्ने अवस्था बनेको छ,’ अर्का एक स्थानीयले भने ।

Share This:
सम्बन्धित खबर
Loading...