शेरधन राईद्वारा मुख्यमन्त्री रहँदा भोजपुरमा गरेका कामको श्वेतपत्र सार्वजनिक

61

भोजपुर, १४ कात्तिक । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् भोजपुर प्रतिनिधिसभा सदस्यका उम्मेदवार शेरधन राईले प्रदेश नम्बर १ को मुख्यमन्त्री हुँदा भोजपुर जिल्लामा गरेका कामहरु समेटेर श्वेत पत्र सार्वजनिक गरेका छन्।

भोजपुरको हतुवागढी, घोरेटारमा एक कार्यक्रमको आयोजना गरेर उक्त श्वेतपत्र सार्वजनिक गरेका हुन् । तीनवर्ष छ महिना सात दिन प्रदेश नम्बर १ को संस्थापक मुख्यमन्त्री रहँदा राईले आफ्ने गृह जिल्ला भोजपुरको विकास निर्माणका गरेका कामहरु श्वेतपत्रमा उल्लेख गरेको बताए ।

श्वेतपत्रमा सडक, पुल, खानेपानी, सिंचाइ, भवन, पर्यटन, शिक्षा, खेलकुदलगायतका कार्यक्रमहरू र बजेट समेत समावेश गरेर सार्वजनिक गरिएको छ ।

राई २०७४ फागुन २ गते प्रदेश नम्बर १ को मुख्यमन्त्री नियुक्त भएका थिए । २०७८ भदौ १० गते राईले राजीनामा दिँदै एमालेकै नेता भीमप्रसाद आचार्यलाई सत्ता हस्तान्तरण गरेका थिए ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा राई एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । त्यस्तै, प्रदेशसभातर्फ प्रदेशसभा क्षेत्र नम्बर १ मा हरिबहादुर राई र २ माखड्गबहादुर (प्रेम) कार्की उम्मेदवार रहेका छन् ।

 

Share This:
सम्बन्धित खबर
Loading...