काठमाडौँ, ५ कात्तिक । नेकपा (एमाले)को तर्फबाट काठमाडौँ–६ का प्रतिनिधिसभा उम्मेदवार सर्वेन्द्र खनालले चुनावी अभियान आक्रामक बनाएका छन् ।
शुक्रबार बिहान वडा नम्बर २६ मा भएको मतदातासँगको अन्तरक्रिया कार्यक्रममा काठमाडौँ– ६ लाई नमुना बनाउने बताएका छन् ।
“यत्तिका समय प्रहरीमा रहेर देश र जनताको सेवा गरेँ, अब तपाईंहररुका प्रतिनिधि भएर सेवा गर्ने मौका दिनुहोस् । प्रतिनिधिसभामा तपाईंहरुको शिर उचो बनाउने छु, यहाँका समस्या समाधानका लागि सार्थक पहल गर्ने छु ,” खनालले भने ।
कार्यक्रममा प्रदेशसभा सदस्य उम्मेदवार निरेशलाई सिंहले एमालेले जनतालाई सदैव माथि राखेको र काठमाडौँको विकास केपी शर्मा ओली नेतृत्वको सरकारले उचाइमा पुर्याएको बताए ।
खनाल दिनहुँ मतदातासँग अन्तरक्रिया र भेटघाट गरिरहेका छन् ।