सन्दीप लामिछाने २० असोजमा नेपाल आइपुग्ने

116

काठमाडौँ, १५ असोज । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले ६ अक्टोबर (२० असोज) मा नेपाल फर्कने बताएका छन् ।

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका पूर्वकप्तान सन्दीपले अक्टोबर ६ मा नेपाल आउने समाजिक सन्जालमार्फत् बताएका हुन ।

गत भदौको पहिलो साता एक नाबालिगलाई सिनामंगलको होटलमा बलात्कार गरेको सन्दीपमाथि आरोप छ । यससागै जिल्ला अदालतले सन्दीपलाई पक्राउ पूर्जी गरेको छ । साथै क्यानले कप्तानबाट निलम्बन गरेको थियो ।

क्यारेबियन प्रिमियर लिग खेल्न जमैका रहेका सन्दीप नेपालमा पक्राउ पुर्जी जारी भएसँगै त्यहाँबाट हिँडेका थिए ।

त्यसपछि सन्दीप क्यान र नेपाल प्रहरी दुवैको सम्पर्क थिएनन् । यद्यपि, शनिबार बिहान सामाजिक सञ्जालमा नेपाल आउने बताएका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...