अभिनेत्री उगेनले भनिन्– ‘नेपाली कलाकार सहयोगी हुनुहुन्छ’

114

काठमाडौँ, १२ असोज । भुटानी अभिनेत्री उगेन छोदेनले नेपाली फिल्म ‘२ नम्बरी’ मा अभिनय गर्न पाउँदा खुसी लागेको बताएकी छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली कलाकारले आफूलाई सौहार्दपूर्वक सहयोग प्राप्त भएको बताइन् ।

उनले भनिन्, “नेपालमा पहिलो काममा नै राम्रो अनुभव सँगालेकी छु । मलाई सम्पूर्ण टिमले सघाउँदा काम गर्न सजिलो भयो । छायांकनकै क्रममा नेपाली भाषासमेत सिके ।” उनले फिल्ममा भुटानबाट नेपाल घुम्न आएकी युवतीको भूमिका निर्वाह गरेकी छन् ।

उगेनलाई नेपाली फिल्ममा स्वागत गर्दै अभिनेता दयाहाङ राईले कलाकारितासँगै बजार र संस्कृति पनि जोडिएको बताए । “उगेनजीसँगै हाम्रो बजार भूटानमा केही भए पनि विस्तार हुन्छ । साथै संस्कृति पनि दुवै देशको जोडिएर पर्दामामार्फत प्रवर्द्धन हुन्छ”, अभिनेता राईले भने । उनले फिल्मसँग स्क्रिप्टदेखि नै जोडिएको जनाउँदै राम्रो विषयवस्तु उठान गरिएको बताए ।

निर्देशक दीपेन्द्र लामाले गम्भीर विषयवस्तुलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको जानकारी दिए । “हामी आफ्नै कथालाई फिल्मी शैलीमा प्रस्तुत गर्ने उद्देश्यका साथ निर्माणमा जुटेका थियौँ । यसले मित्रता र मायासँगै सामाजिक विषयवस्तुलाई उठान गरेको छ”, निर्देशक लामाले भने ।

आयोजित पत्रकार सम्मेलन कलाकारहरु उपासना सिंह ठकुरी, पुस्कर गुरुङ, प्रस्तुतकर्ता किरण नेपालीसँगै निर्माता रहेका गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री राजीव गुरुङको उपस्थित थिए ।

Share This:
सम्बन्धित खबर
Loading...