नेपालको साफ जित्ने सपना अधुरै, भारतसँग ४–० ले पराजित

156

काठमाडौँ, २९ भदौ । फाइनलमा भारतसँग पराजित भएपछि नेपाल साफ यू–१७ को उपविजेता बनेको छ । बुधबार श्रीलंकाको कोलोम्बोमा भएको फाइनल खेलमा नेपाल भारतसाँग ४–० ले पराजित भएको हो ।

फाइनलको आधाभन्दा बढी समय १० खेलाडीमा सीमित भएको नेपालले समूह चरणमा भारतलाई हराएको प्रदर्शन दोहोर्‍याउन सकेन । पहिलो हाफको ३० मिनेट नबित्दै नेपाल २–० गोलले पछि परेको थियो ।

भारतले १७औँ मिनेटमा बबी सिंहको गोलमा अग्रता लिएको थियो । यस्तै, ३०औँ मिनेटमा कौरोउ सिंहले गोल गर्दै भारतको अग्रता दोब्बर बनाए ।

नेपालका कप्तान प्रशान्त लक्षमले ३८औँ मिनेटमा रातो काडै खाँदै बाहिरिए । बल खोस्ने क्रममा उनीमाथि भारतीय खेलाडी लडेर ढाड ठोक्किन पुग्दा रेफ्रीले सिधैँ रातो कार्ड दिए ।

दोस्रो हाफको ६३औँ मिनेटमा वानलालपेका गुइतले गोल गर्दै भारतलाई ३–० को स्थितिमा पुर्‍याए । यस्तै, इन्जुरी समयमा अमनले गोल गरेपछि भारत ४–० को जित दर्ता गर्दै उपाधि जित्न सफल रह्यो ।

Share This:
सम्बन्धित खबर
Loading...