यू–१७ साफ : नेपाल र भारत उपाधिका लागि भिड्दै

120

काठमाडौँ, २९ भदौ । श्रीलंकामा भइरहेको पुरुष साफ यू–१७ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स मैदानमा फाइनल खेल आज राति ८ः१५ बजे हुने छ ।

सेमिफाइनल खेलमा आयोजक श्रीलंकालाई ६–० गोलअन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो । यसैगरी भारत सेमिफाइनलमा बंगलादेशलाई २–१ गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । भारतलाई पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्ने लक्ष्यका साथ नेपाली टोली मैदानमा उत्रने छ । नेपाली टोलीलाई उपाधि उचाल्न सहज भने हुने छैन । साविक विजेता भारतको दाउ पनि नेपाललाई हराएर उपाधि रक्षा गर्ने रहेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतविरुद्धको खेलमा विजयी भई च्याम्पियन बन्ने लक्ष्य रहेको बताए । यसअघि समूह चरणको खेलमा नेपालले भारतलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । नेपाल अपराजित रहँदै फाइनल पुगेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...