चोलेन्द्रले आरोप लगाएका सर्वोच्चका न्यायाधीशलाई संसदीय समितिले बोलायो

68

काठमाडौँ, २९ भदौ । महाअभियोग सिफारिस समितिले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपक कार्कीसहित सर्वोच्चका न्यायाधीशहरूसँग छलफल गर्ने भएको छ ।

समितिको बुधबार बसेको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नाम लिएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको हो ।

कामु प्रधानन्यायाधीश दीपक कार्की तथा न्यायाधीशहरू हरिकृष्ण कार्की, आनन्दमणि भट्टराई, ईश्वर खतिवडा, प्रकाशमान सिंह राउत र हरि फुँयाललाई समितिले बोलाएको हो ।

महाअभियोग लागेर निलम्बनमा परेका प्रधानन्यायाधीश जबराले बयानका क्रममा उनीहरूलाई पनि विभिन्न आरोप लगाएपछि समितिले त्यस विषयमा छलफल गर्ने भएको हो ।

अर्को बैठक बिहीबार बस्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...