लेवान्डोस्कीको गोलमा बार्सिलोनाको पहिलो जित

135

काठमाडौँ, ६ भदौ । स्टार खेलाडी रोबर्ट लेवान्डोस्कीको दुई गोल प्रेरित बार्सिलोनाले आइतबार राति स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाडलाई ४–१ अन्तरले पराजित गरेको छ ।

पहिलो जित निकाल्ने क्रममा लेवान्डोस्कीले दुई गोल गरे भने अन्सु फाती र औसमाने डेम्बेलेले एक एक गोल गरे । सोसिडाडका एलेक्सजेण्डर इसाकले एक गोल फर्काए ।

बार्सिलोनाले पहिलो मिनेटमै गोल गरे पनि पहिलो हाफ १–१ बराबरीमा सकिएको थियो । दोस्रो हाफमा आक्रमक खेल खेल्न सफल बार्सिलोनाले तीन गोल थप्यो ।

पहिलो खेलमा रायो भालेकानोसँग रोकिएको क्याटलान क्लबको यो पहिलो तीन अंक हो ।

जितसँगै बार्सिलोनाले २ खेलमा ४ अंक जोडेर पाँचौँ स्थानमा छ । सोसिडाड २ खेलमा ३ अंक जोडेर दशौँ स्थानमा छ ।

Share This:
सम्बन्धित खबर
Loading...