प्रचण्डप्रति बालेनको आक्रोश : फोहोर लैजाने बाटोको हविगत बनाउनेको घरमा अंगरक्षकजस्तो बसेर देश बनाउँछु भन्ने ?

604

काठमाडौँ, ३१ साउन । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि कडा टिप्पणी गरेका छन् ।

उनले उपत्यकाको फोहोर लैजान प्रयोग हुने ककनीको बाटो विगत ८ वर्षदेखि बिगार्ने मान्छेलाई नै प्रचण्डले संरक्षण गरेको मेयर साहको आरोप छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘श्रीमान प्रचण्डज्यू ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अंगरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।’

प्रचण्ड चर्चित ठेकेदार शारदाप्रसाद अधिकारीको खुमलटारस्थित घरमा बस्दै आएका छन् । थुप्रै विकास आयोजनाहरू अलपत्र पारेको ठेकेदारको घरमा आश्रय लिएको भनेर विगतदेखि प्रचण्डको आलोचना हुने गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...