भारतलाई फिफाको प्रतिबन्ध

126

काठमाडौँ । अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ ।

तेस्रो पक्षले संघमाथि शक्ति प्रयोग गरेसँगै यसअघि नै चेतावनी दिँदै आएको फिफाले सोमबार राति भने भारतलाई प्रतिबन्ध लगाएको हो ।

संघको चुनाव विगत दुई वर्षदेखि हुन सकेको छैन । अहिले एआइएफएफको विभिन्न मुद्दा अदालतमा छ । तर, स्वतन्त्र चुनाव नभएपछि फिफाले प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्धपछि भारतले अब फिफा एएफसीले आयोजना गर्ने अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध भोग्नुपर्ने छ । यसअघि दक्षिण एसियाली मुलुक पाकिस्तानसमेत प्रतिबन्धमा परेर फुकुवा भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...