पुनर्जागरण बिना नेपालको संविधान कागजको खोस्टा मात्रै : महामन्त्री हमाल

113

काठमाडौँ, २३ साउन । पुनर्जागरण पार्टीका महामन्त्री रविकिरण हमालले पुनर्जागरण बिना नेपालको संविधान कागजको खोस्टाको रूपमा सीमित हुने जिकिर गरेका छन् ।

रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री किरणले संविधान बनेको झन्डै दशक समय बितिसक्दासमेत नेपाली जनताको गरिबी, वेरोजगारी,भ्रष्टाचार, युवा शक्ति पलायन र परनिर्भरता जस्ता समस्याहरू हल नभएको आरोप लगाएका छन् ।

‘आज फुटपाथमा मकै बेच्ने मानिसहरूको कारणले देश बिग्रेको हो ?,’ हमालले प्रश्न गर्दै भने, ‘आज एउटा ठुलो जमात छ जसले नेता मानिरहेकाहरूका कारण देश यस्तो अवस्थामा छ ।’

पुनर्जागरणको पहिलो प्रारम्भ डिभोर्सबाट हुने पनि हमालले बताएका छन् । वर्तमान राजनैतिक नेतृत्व ,प्रवृत्ति र चिन्तनसँग सम्बन्धविच्छेद नगरेसम्म देशलाई सुमार्गमा हिँडाउन नसकिने हमालको दाबी छ ।

Share This:
सम्बन्धित खबर
Loading...