नेपाल राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त

90

काठमाडौँ, २३ साउन । नेपाल राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा शुक्रबार भारतीय नागरिक मनोज प्रभाकर नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय स्टार अल राउण्डर प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

यसअघि मुख्य प्रशिक्षक पुवुदु दासानायकेले राजीनामा दिएपछि नेपाली टिम कोचविहीन थियो ।

प्रभाकरले रणजी ट्रफीसहित भारतीय राष्ट्रिय टिमबाट ३९ टेस्ट र १३० एकदिवसीय खेल खेलेका छन् । यस्तै, उनले अफगानिस्तान क्रिकेट टिमसहित रणजी ट्रफिमा दिल्ली, राजस्थान र युपी क्रिकेट संघमा काम गरिसकेको अनुभव छ ।

नियुक्ति भएसँगै प्रभाकरले भने, ‘नेपाली क्रिकेटसँग काम गर्न इच्छुक छु । जहाँ क्षमतावान् र प्रभावशाली खेलाडी छन् ।’

Share This:
सम्बन्धित खबर
Loading...