कांग्रेस पदाधिकारीको बैठक बालुवाटारमा जारी

72

काठमाडौँ, २३ साउन । सत्तारूढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । सोमबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको छ ।

बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरू र कार्यदलका सदस्यहरूको सहभागीता रहेको छ ।

बैठकमा पार्टीको आन्तरिक विषयलगायत प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारे छलफल भइरहेको जनाइएको छ ।

सत्तारूढ गठबन्धनभित्र आउँदो निर्वाचनका लागि सिट बाँडफाँडको खाका तयार पार्न गठित कार्यदलको बैठक बस्नुअघि पार्टीको धाराणा बनाउनका लागि पदाधिकारीसहितको बैठक बसिरहेको हो ।

कार्यदलको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाइएको छ ।

गत शुक्रबार गठबन्धको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)बाट जनार्दन शर्मा र वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)बाट महासचिव वेदुराम भुसाल र प्रमेश हमाल, जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र रमक चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

Share This:
सम्बन्धित खबर
Loading...