ठुला पार्टी र नेताबाट देशमा परिवर्तन सम्भव छैन : लामिछाने

937

बुटवल, २२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठुला पार्टी र नेताबाट देशमा परिवर्तन सम्भव नभएको बताएका छन् । देशमा ६–६ जना प्रधानमन्त्री हुँदा पनि कुनै गर्व गर्न लायक काम नभएको भन्दै उनले सचेत नागरिकले विकल्प खाज्ने बेला आएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश भेलालाई बुटवलमा सम्बोधन गर्दै सभापति लामिछानेले अब यस्ता काम नगर्ने पूर्वप्रधानमन्त्री र ठुला भनिएका पार्टी र नेतालाई जनताले चिन्ने बेला आएको बताए ।

ठुला पार्टीहरूले जनतालाई पटक–पटक झुक्याइराखेको बताउँदै उनले यसपटक त्यस्ता झुटको पछि नलाग्न जनतालाई आग्रह गरे । ६–६ जना पूर्वप्रधानमन्त्री जिउँदो भएको देशमा के भयो भनेर प्रश्न गर्नसमेत उनले नागरिकलाई आग्रह गरे ।

ठुला भनिएका पार्टीले अब आउँदो मंसिर ४ को निर्वाचनमा जनतासँग भोग माग्ने नैतिकतासमेत नभएको उनको भनाइ थियो । “के गर्छौँ र के दिन्छौँ भनेर भोट माग्छन्,” उनले भने, “थप झुक्याउनका लागि ठुला भनिएका दलहरूसँग नारा नै छैन ।”

उनले नेपाली मतदाता मासुभातमा बिक्छन् भन्ने आरोप लाग्ने गरेकाले त्यसलाई यसपटक तोड्नुपर्ने बताए । यसपाली चुनावका दिन एकादशी र आइतबार परेको प्रसंग उल्लेख गर्दै उनले मासुभातले समेत काम नगर्ने संकेत गरे ।

२४सैँ घन्टा नागरिकको समस्या सुन्ने संयन्त्र वातावरण बनाउनले उनले बाँचा गरे । भ्रष्टाचार हेर्न नसक्ने अख्तियार, भ्रष्टाचारीको फाइल हेर्न नमिल्ने न्यायालयको के काम भन्दै उनले जनताको असली शासन व्यवस्था आफूहरूले ल्याउने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...