नेकोस र सेभ द हार्टको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

145

काठमाडौँ, २२ साउन । गैरसरकारी संस्था नेपाल कोरिया कल्चर एल्चरल एक्सचेञ्ज एन्ड सोसियल अर्गनाइजेसन (नेकोस) र सेभ द हार्टको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

बुढानिलकण्ठ नगरपालिका–८ स्थित सेन्ट जोन्स स्कुलमा आयोजना भएको शिविरमा नगरपालिकाका मेयर मीठाराम अधिकारीले स्वास्थ्य परीक्षण गरेर स्वास्थ्य शिविरको शुभारम्भ गरे । शिविरमा बुढानिलकण्ठ नगरपालिका जनप्रतिनिधिहरू, प्रहरी नायब उपरीक्षक सन्देश बिष्ट नेतृत्वको प्रहरी टोलीलगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

स्वास्थ्य शिविरबाट महिला तथा बालबालिका, मुटु रोगी, विद्यार्थी एवं अभिभावकले लाभ लिएको सेन्ट जोन स्कुलका प्रिन्सिपल रुकेश तामाङले बताए ।

बाल रोग तथा मुटुरोग विशेषज्ञ प्राडा. दिनेशप्रसाद कोइराला, मुटुरोग विशेषज्ञ प्राडा.अनिल भट्टराई, असिस्टेन्ट प्राडा.सूर्य देवकोटासहितको टिमले स्वास्थ्य शिविरमा सेवा दिएको कार्यक्रम संयोजक इन्द्र महराले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...