रोहित चन्द सम्मिलित केडिरीको दोस्रो हार

88

काठमाडौँ, २२ साउन । नेपाली राष्ट्रिय टिमका डिफेन्डर रोहित चन्द सम्मिलित पर्सिक केडिरीले इन्डोनेसियन लिग वानमा दोस्रो हार ब्यहोरेको छ ।

शनिबार भएको खेलमा केडिरी शीर्ष स्थानको मादुरा युनाइटेडसँग १–० ले पराजित भएको हो । खेलमा रोहितले भने पूरा समय मैदानमा बिताएका थिए ।

मादुराको जितमा ३६ वर्षीय स्टेबन भिज्काराले निर्णायक गोल गरे । उनले ४६औँ मिनेटमा गोन्कालोको पासलाई पोस्टको दिशा दिएका थिए ।

लगातार दोस्रो हारसँगै एक अंकमात्र जोडेको केडिरी रेलिगेसन जोनमा छ । यस्तै, हालसम्म अपराजित रहँदै शीर्ष स्थानमा रहेको मादुरीको ९ अंक छ ।

Share This:
सम्बन्धित खबर
Loading...