५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

133

दाङ, १० साउन । दाङमा एक पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा निजी विद्यालयका एक शिक्षक पक्राउ परेका छन् । जिल्लाको राप्ती गाउँपालिका–५ स्थित स्टार समिट इंग्लिस स्कुलका शिक्षक ५० वर्षीय श्यामलाल चौधरी प्रकाउ परेका हुन् ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार आरोपित शिक्षकलाई सोमबार दिउँसो ४ बजेपछि पक्राउ गरिएको हो ।

अभिभावकको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सिसहनियाले शिक्षक चौधरीलाई नियन्त्रणमा लिएको थियो ।

अभिभावकको किटानी जाहेरीपछि थप अनुसन्धान गरी कानुनी कारबाहीको प्रक्रिया सुरु हुने एसपी काफ्लेले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...