काठमाडौँ, ५ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालले स्नातकोत्तर अध्ययन पूरा गरेकी छन् । लन्डनको विश्वविद्यालयबाट इन्टरनेसनल मार्केटिङ म्यानेजमेन्टमा उनले उच्च अंकका साथ मास्टर्स पास गरेकी हुन् ।
उनी उच्च अध्ययनका लागि दुई वर्षअघि लन्डन गएकी थिइन् । त्यसअद्धि उनले ग्वार्कोस्थित केमएसी कलेजबाट बढाइ सकेकी हुन् । नेपालमा छँदा पढाइ र संगीतलाई एकसाथ अगाडि बढाइरहेकी स्मिताले लन्डनमा भने पढाइमै केन्द्रित थिइन् ।
छोरीले स्नातकोत्तर अध्ययन पूरा गरेकोमा आमा गंगा दाहालले सामाजिक सञ्जालबाट बधाई दिएकी छन् । डिस्टिङ्सन नम्बर ल्याएर छोरीले मास्टर्स डिग्री पूरा गरेको उनले लेखेकी छन् ।