एसपीपी पास नहुँदा प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द भयो : माधव नेपाल

97

काठमाडौँ, ३२ असार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनसीप प्रोग्राम (एसपीपी) रद्द गरेकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गरेका छन् ।

शुक्रबार काठमाडौँमा पार्टीको बागमती प्रदेश कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एसपीपी रद्द गरेकै कारण बागमती प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गरेका हुन् । उनले एमसीसीलाई व्याख्यात्मक घोषणा गरेरमात्रै पास गर्नु नै ठुलो कुरा भएको बर्ता ।

अध्यक्ष नेपालले व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्दासमेत अमेरिकीहरुको नेपाल भ्रमण बढेको र तिब्बती शरणार्थी शिविरमा पुगेर सरकारी गाडी अघि–पछि लगाउने काम गरिरहेको बताए ।

उनले एमसीसी जस्ताको तस्तै पास गरेको खण्डमा देश तहसनहस हुने दाबी गरे । पूर्वप्रधानमन्त्री नेपालले व्याख्यात्मक घोषणा गर्दासमेत छिमेकी देशलाई संवेदनशील बनाउने काम भइरहेको बताए ।

उनले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै एसपीपी नेपालमा आएको दाबी गरे ।

Share This:
सम्बन्धित खबर
Loading...