चलचित्र ‘म’को पोस्टर सार्वजनिक

290

काठमाडौँ, ३१ असार । चलचित्र ‘म’को दुई ओटा पोस्टर सार्वजनिक भएको छ । पोस्टर कन्तिपुर फिल्म एकेडेमीको फेसबुक पेजमार्फत् सार्वजनिक गरिएको हो ।

सार्वजनिक पोस्टरमा अनुसार नयाँ अनुहार संजोग रसाइलीको वरिपरि कथा र अन्य पात्रहरु घुमेको अनुमान लगाउन सकिन्छ । संजोग फिल्म एकेडेमीका एक्टिङ स्टुडेन्ट हुन् र उनको यो डेब्यु चलचित्र हो ।

निर्माण टिमले केही दिनअघि १ मिनेटको टिजर सार्वजनिक गरेको थियो । उक्त टिजरको आधारमा एक जना क्रिमिनल प्यासेन्ट भएर हस्पिटलमा भर्ना हुन्छ र त्यसले त्यहाँबाट गर्ने कुनै ठुलै प्लानलाई अपरेसन गर्छ र त्यो को हो ?, के गर्छ ? र के का लागि गर्छ ? भन्ने पत्ता लगाउन सबै पात्रहरु लागेको अनुमान गर्न सकिन्छ ।

सार्वजनिक भएको एक मिनेटको टिजर र पोस्टरअनुसार निशा अधिकारी डक्टर, रुविना थापा नर्स, निराजन प्रधान पुलिस अफिसर, नरेन खड्का ग्याङस्टार भन्ने स्पस्ट देखाइएको छ । अन्य पात्रहरुमा सरोज खनाल, सविन श्रेष्ठ, सरिता लामिछाने र पुनम श्रेष्ठलाई पनिनी टिजर र पोस्टरमा अटाइएको छ तर उनिहरुको क्यारेक्टर के हो भनेर ठम्याउन सकिँदैन ।

टिजर हेर्दा हस्पिटलको एउटै लोकेशनमा चलचित्र अधिकांश दृष्य छायाँकन गरिएको छ । त्यही अनुुसार सार्वजनिक गरिएको पोस्टरमा पनी ब्याग ग्राउण्डमा हस्पिटलको सेटिङ प्लेस्मेन्ट गरेर ब्लु टोनमा पोस्टर बनाइएको छ र स्याडोमा सबै क्यारेक्टरहरुको रिफ्लेक्सन राखिएको छ । राकेश दाहालले डिजाइन गरेको पोस्टर पछिल्लो समयमा चलिरहेको फिल्मको पोस्टरभन्दा केही फरक लुक्समा देखिएको छ ।

लेन्डस्केप र पोट्रेट गरी २ वटा फरक फरक साइजमा सार्वजनिक भएको म को पोस्टरले हेरिरहेको रेगुलरभन्दा केही फरक कथामा सस्पेन्स फिल्म बनेको ठम्याउन सकिन्छ तर फिल्ममा ‘म’ को अर्थ र फिल्मको मुख्य कथा के हो भनेर अहिलेसम्म गोप्य राखिएको छ ।

फिल्मको निर्देशक सुवर्ण थापा हुन्, उनले बनाएको सुनगाभा चलचित्र समीक्षात्मक रुपमा राम्रो मानिएको थियो भने उनैले निर्देशन गरेको अर्को चलचित्र राधा पनि भदौ १० गतेदेखि प्रदर्शन हुँदै छ । चलचित्र म को सिनेमाटोग्राफर तेन्जिङ पाल्देन, एडिटर बनिस शाह, निर्माताहरु बिमला हुमागाई र पदम पुरी हुन् भने चलचित्रको राइटर र क्रिएटिभ प्रोड्युसर कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरी हुन् । कान्तिपुर सिनेमाजको प्रोडक्सन र कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतिमा निर्माण भएको म श्रावण २० गतेबाट प्रदर्शनमा आउँदै छ । फिल्मको अफिसियल ट्रेलर श्रावण पहिलो हप्ता सार्वजनिक गर्ने निर्माण टिमले जानकारी गराएको छ ।

फिल्म बनाउन सिकाउने स्कुलले नै निर्माण गरेको फिल्म भएकाले पनि फिल्मको सब्जेक्ट र स्टोरी टेलिङ केही नयाँ हुन हुन सक्छ । नेपालमा फिल्म कलेजले निर्माण गरेको यो पहिलो फिचर फिल्म हो ।

Share This:
सम्बन्धित खबर
Loading...