यस्तो छ कांग्रेसको प्रस्तावित वरीयता [सूचीसहित]

81

काठमाडौँ, २८ असार । नेपाली कांग्रेसले पार्टीभित्रका लागि नयाँ मर्यादाक्रम निर्धारण गर्ने तयारी गरेको छ । प्रस्तावित वरीयताक्रमको मस्यौदाअनुसार एकदेखि पाँचौँ वरियतासम्ममा शेरबहादुर देउवा पर्ने देखिन्छन् ।

वरीयताक्रममा एकदेखि पाँचौँ क्रमशः केन्द्रीय सभापति, पूर्वकेन्द्रीय सभापति, प्रधानमन्त्री र संसदीय दलका नेता रहने व्यवस्था गरिएको छ । जसमा देउवाबाहेक अरु नेता कांग्रेसमा छैनन् ।

१२१औँ वरीयताक्रम निर्धारण गरेको कांग्रेसले १२०औँमा क्रियाशील सदस्य र १२१औँ स्थानमा नेपाली कांग्रेस सदस्य रहने उल्लेख छ ।

पूर्वउपप्रधानमन्त्रीको मर्यादाक्रम मुख्यमन्त्रीभन्दा पछि राखिएको छ भने भ्रातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षको मर्यादाक्रम कांग्रेस महासमिति सदस्यपछि अर्थात् ४०औँ नम्बरमा तोकिएको छ ।

AvatarAvatarAvatarAvatar

Share This:
सम्बन्धित खबर
Loading...