सुसंस्कृत समाज निर्माणमा इदले प्रेरण देओस् : प्रधानमन्त्री देउवा

117

काठमाडौँ, २६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद उल अज्हा (बकर इद)को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

उनले शुभकामना सन्देशमार्फत् यस पर्वले नेपालीलाई आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण, सम्वर्द्धन र विकास गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना दिएका छन् । बकर इद धैर्यता, विश्व शान्ति र भाइचारको सन्देश दिने पर्व भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यस पर्वले एकआपसमा खुसी र सद्भाव बढाउने विश्वास व्यक्त गरे ।

यस्ता चाडपर्वहरुले सबै समुदायबीच आपसी सद्भाव, भाइचार र सहिष्णुता अभिवृद्धि भइ राष्ट्रिय एकतालाई थप मजबुद बनाउने विश्वास लिएका छन् । नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिको साझा फूलबारीको रुपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यही विविधताबीचको एकता नै हाम्रो राष्ट्रिय पहिचान भएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...